माेती रत्न, हसुलिया। कैलारीकाे ५ नम्बर वार्डमा पर्ने बैजपुर गाउँमामा भुरा खेल सम्पन्न भएकाे छ।
भुरा खेलमा सचिवद्वारा बार्षिक आय ४ लाख १ हजार ६ सय रुपैयाँ र ३ लाख ९ हजार ८ सय २१ रुपैयाँ ५० पैसा बराबरकाे व्यय प्रस्तुत गरिएकाे थियाे।
बार्षिक प्रतिबेदन पछि गाउँको भलमन्साकाे लागि २ जना उम्मेदवारी दिएका थिए। त्यस पछि चुनावि प्रकृयाबाट एक घर एक भाेट नियम लागू गरिएकाे थियाे। गाउँकाे घरधुरी संख्या १ सय १८ जना रहेकाेमा, जम्मा १ सय ७ मत खसेकाे कुरा चुनाव समितिका सदस्य सचिव मनिष चाैधरीले जानकारी गराउनु भयाे।
चुनाव समितीमा संयाेजक, सदस्य सचिव र सदस्य गरि तिन जना रहेका थिए। जसमा क्रममा: शुक्रराज चौधरी, मनिष चौधरी र सरिता चौधरी रहेका छन।
भलमन्साका उम्मेदवार बिराजु चाैधरी `शक्ति´काे चुनाव चिन्ह स्याउ रहेकाे थियाे भने अर्का उम्मेदवार ओम प्रकाश बौखही`अटल´काे माछा चिन्ह थियाे। माछा चिन्हमा ७५ मत खसेकाे थियाे भने स्याउ चिन्हमा ३२ मत खसेकाे थियाे । भारी मत अन्तरबाट पुरानै भल्मन्सा ओम प्रकाश बौखही जिटेका छन। सचिबमा राम कुमार चाैधरी, अघरियामा काली चरण चौधरी गरि पुरानै टिम चयन भएका छन।
७ वटा टाेल समूहमा बाँडिएको गाउँमा ७ जना सहायक अघरिया चुनिएका छन। जस अन्तरगत डायमण्ड समुहकाे अघरिया बलिराम चाैधरी, हिम्मत समुहकाे फुलमती चाैधरी, एक्तिभ समुहकाे मानपाती चाैधरी, बिजय समुहकाे फुल कुमारी चाैधरी, आक्राेश समुहकाे भरथरी चाैधरी, लालीगुँरास समुहकाे कृष्णी चाैधरी र त्रिवेणी समुहकाे अमृता चाैधरी चुनिएकाे कुरा हाम्रा संवाददाता प्रविन बाैखहीले जानकारी गराउनुभयाे साथै कार्यक्रम सञ्चालन राम स्वरुप चौधरीले गरेका थिए।