Advertisements
काठमाडौं। बागमतीमा जल सतह बढ्ने क्रम जारी छ।
शुक्रबार रातिदेखि काठमाडौं उपत्यकामा अविरल पानी पर्दा बागमतीमा बाढी आएको छ। बागमतीको बाढीले तटीय क्षेत्र डुबानमा परेको छ।
बागमती किनारका सुकुम्बासी बस्तीहरूमा पनि बाढी छिरेको छ।
बागमती करिडोरको दायाँ बायाँ बनाइएको पार्कहरू पनि जलमग्न भएको छ। बाढीले बागमतीको सतह किनारका सडकसम्म पुगेको छ। बाढीले करिडोर र आसपासका क्षेत्र जलमग्न हुँदा बागमतीको आकार विशाल देखिएको छ।