धनगढी। थारु समुदायको सांगीतिक जगतमा अर्को मन छुने सिर्जना ‘तुहिन से…’ शुक्रबार बेलुका सार्वजनिक हुँदैछ ।
दिब्या न्यूज एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतीमा बनेको नयाँ थारु गीत ‘तुहिन से…’ शुक्रबार बेलुका ४ बजे सार्वजनिक हुने भएको छ।
गीतमा थारु समुदायका लोकप्रिय सर्जक सर्गम चौधरी (आर सी) का शब्द र संगीत रहेको छ । गायनमा समीक्षा चौधरी र दिनेश चौधरी को सुमधुर स्वर सुन्न सकिन्छ भने संगीत संयोजन गणेश चौधरीले गरेका छन्।
गीत ड्रिम्स रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट दिल समर्पण द्वारा रेकर्ड गरिएको हो। भिडियो निर्देशन आदर्श महतो ले गरेका छन्।
भिडियोको क्यामेरा र सम्पादनको सम्पूर्ण जिम्मेवारी सतीश सिन्हा ले सम्हालेका छन्।
उनको कलात्मक दृष्टि र सिनेम्याटिक सम्पादन शैलीले भिडियोमा जीवन्तता र भावनात्मक गहिराइ थपेको छ ।
व्यवस्थापन (Management) पक्षमा रामचन्द्र कुस्मी ले समन्वय र संयोजनको महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनको व्यवस्थापनमा सम्पूर्ण टिमबीचको कार्य सहज र व्यवस्थित रूपमा सम्पन्न भएको निर्माण पक्षले जनाएको छ।
भिडियोमा कलाकार दिनेश चौधरी र सुनिता दहित को अभिनय रहेको छ। सीएस फिल्म्स धनगढी र सप्तरंग मञ्च गुलरिया को सहयोगमा छायांकन गरिएको भिडियोमा गाउँको हरियाली, प्राकृतिक सौन्दर्य र प्रेमभावनाको कथा प्रस्तुत गरिएको छ।
थारु समुदायको भाषिक मिठास, सांस्कृतिक मूल्य र प्रेमभावनाको प्रतीक बनेको गीत ‘तुहिन से…’ शुक्रबार बेलुका डिभ्या न्यूज एण्ड इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।