Screenshot_2026-06-27-06-32-51-903_com.facebook.katana-edit

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका–१० स्थित नुक्लिपुर सामुदायिक होमस्टेमा चारदिने ‘होमस्टे व्यवस्थापन तथा रैथाने पाककला शिक्षा तालिम’ शनिबारदेखि सुरु भएको छ।

होमस्टे घरबास महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा तथा प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई, धनगढीको सहयोगमा सञ्चालन भएको तालिममा २५ जनाको सहभागिता रहेको छ।

तालिमको उद्घाटन गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै उनले स्थानीय पर्यटन प्रवर्द्धन, होमस्टे व्यवस्थापनको गुणस्तर अभिवृद्धि तथा रैथाने परिकारको संरक्षण र प्रवर्द्धनमा यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार तालिम असार १५ गतेसम्म सञ्चालन हुनेछ। तालिममा होमस्टे सञ्चालनको प्रभावकारी व्यवस्थापन, पाहुना सत्कार, सरसफाइ, सेवा प्रवाह तथा स्थानीय परिकारको तयारी, प्रस्तुतीकरण र प्रवर्द्धनसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिनेछ।

स्थानीय स्तरमा पर्यटन व्यवसायलाई थप सुदृढ बनाउँदै रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ