कैलाली – कैलारी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ६३ करोड ३८ लाख २० हजार** बराबरको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिका अध्यक्ष राज समझ चौधरीको अध्यक्षतामा बसेको गाउँसभाको दोस्रो अधिवेशनमा उपाध्यक्ष भगवतीकुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन्।
प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट रु. ५५ करोड १७ लाख ४१ हजार, प्रदेश सरकारबाट रु. ३ करोड २० लाख ७९ हजार, गाउँपालिकाको आन्तरिक आयबाट रु. २ करोड तथा चालु आर्थिक वर्षको अनुमानित मौज्दात रु. ३ करोड समावेश गरी कुल रु. ६३ करोड ३८ लाख २० हजारको बजेट विनियोजन गरिएको छ।
उपाध्यक्ष चौधरीका अनुसार आगामी आर्थिक वर्षका लागि पुँजीगततर्फ रु. १४ करोड ९९ लाख ३७ हजार तथा चालुतर्फ रु. ४८ करोड ३८ लाख ८३ हजार बजेट विनियोजन गरिएको छ।
यसैगरी, विभिन्न गैरसरकारी संघ–संस्थामार्फत रु. ४ करोड ६० लाख ७२ हजार बराबरका बजेट तथा कार्यक्रम गाउँपालिकामा सञ्चालन हुने जानकारी पनि दिइएको छ।
गाउँसभा बैठकमा गाउँसभा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामी, सामाजिक विकास शाखा प्रमुख यगम कलेल तथा विभिन्न शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो।