Screenshot_2026-06-28-15-45-45-900_com.facebook.katana-edit

कैलाली। लगातारको खडेरी र वर्षा नहुँदा कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ बैजपुर क्षेत्रका खेतमा रोपिएको धान सुक्न थालेको छ। पानीको अभावका कारण अधिकांश किसानले रोपेको धान ओइलाउँदै गएर नष्ट हुने अवस्थामा पुगेको देखिएको छ।

स्थानीय किसानका अनुसार समयमै वर्षा नभएकाले धानका बिरुवा सुक्न थालेका छन्, जसले यस वर्षको धान उत्पादनमा ठूलो असर पर्ने चिन्ता बढाएको छ। केही किसानले धान जोगाउन सिँचाइको व्यवस्था गरिरहेका छन्, तर सबै किसानसँग सिँचाइको सुविधा उपलब्ध छैन।

कैलारी गाउँपालिका–५ बैजपुरका एक किसानको खेतमा रोपिएको धान खडेरीका कारण लगभग पूर्ण रूपमा सुक्ने अवस्थामा पुगेको छ। समयमै पर्याप्त वर्षा नभए क्षेत्रभरिका धानबालीमा ठूलो क्षति हुने र किसानले आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भन्दै स्थानीय किसानहरूले चिन्ता व्यक्त गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ