Screenshot_2026-05-22-12-51-22-785_com.facebook.katana-edit

कैलाली जेठ ८- कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल औद्योगिक राजश्व शिक्षालयमा सञ्चालित आधारभूत तालिमका क्रममा सात जना सशस्त्र प्रहरी जवान बेहोस भएका छन्।

दौड अभ्यासका क्रममा अचानक बेहोस भएका जवानमध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको टीकापुर अस्पतालले जनाएको छ। एक जनाको भने टीकापुर अस्पतालमै उपचार भइरहेको छ।

स्रोतका अनुसार रिफर गरिएका जवानमध्ये दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ भने बाँकी चार जनालाई पनि काठमाडौं लैजाने तयारी भइरहेको छ।

घटनामा बेहोस भएका प्रहरी जवानहरूको परिचय भने सशस्त्र प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरू दुई सय मिटर दौड अभ्यासका क्रममा बेहोस भएको जानकारी प्राप्त भएको छ।

घटनापछि शिक्षालय परिसरमा थप सतर्कता अपनाइएको छ भने जवानहरूको स्वास्थ्य अवस्थाबारे निगरानी बढाइएको बताइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ