महिना: २९ बैशाख २०७८, बुधबार ०२:२०

1800x1200_virus_3d_render_red_03_other (1)
धनगढी २९ बैशाख ।कोभिडको दोश्रो लहर शुरु भएपछि धनगढी उपमहागरपालिकामा पुष्टि भएका   ८० प्रतिशत कोरोना संक्रमित बजार क्षेत्रका पाँच वार्डका रहेका छन् । धनगढी उपमहागरपालिमा मंगलबारसम्म बजार क्षेत्र र बाक्लो बस्ती रहेका वार्ड नम्बर १, वार्ड नम्बर २, वार्ड नम्बर ३, वार्ड नम्बर ४ र वार्ड नम्बर ५ का संक्रमित १ हजार ५ शय १० रहेको रहेका छन् बैशाख १ देखि हालसम्म धनगढी उपमहानगरपालिकामा १ हजार ८ शय ८८ जनामा कोरोना संक्रमण भएको छ ।बजार क्षेत्र,  संघसँस्थाका कार्यालयहरु बढी रहेका र आवास क्षेत्र बाक्लो भएका वार्डहरुमा कोरोना संक्रमण बढी देखिएको छ ।’ धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक  लक्ष्मी राज उपाध्यायले भने ती वार्डहरुमा चहलपहल बढी भएकोले संक्रमणको जोखिम पनि बढेको हो ।’ उपमहानगरपालिकामा सबै भन्दा बढी वार्ड नम्बर ५ मा ५ शय ४ जना संक्रमितहरु रहेका छन् । वार्ड नम्बर १ मा २ शय ७२ जना, वार्ड नं. ३ मा २ शय ६८ जना, वार्ड नम्बर ३ मा २ शय ३० जना र वार्ड नम्बर ४ २ शय ३६ जनामा संक्रमण भएको छ । वार्ड नम्बर ८ मा १ शय ११  जनामा संक्रमण  भएको छ । धनगढी उपमहानगरपालिका वार्ड नम्बर १० मा अहिलेसम्म संक्रमण भेटिएको छैन । वार्ड नम्बर ९ मा २ जना, वार्ड नम्बर ११ मा १० जना, वार्ड न्म्बर १२ मा १८ जना, वार्ड नम्बर १३ मा ३६ जना, वार्ड नम्बर १४ मा १२ जना, वार्ड नम्बर १५ मा ३ जना, वार्ड नम्बर १६ मा ७ जना, वार्ड नम्बर १७ मा ४ जना, वार्ड नम्बर १८ मा  ४ जना र वार्ड नम्बर १९ मा ५ जनामा कोरोना संक्रमण भएकोे छ । कोरोना संक्रमित ४२ जनाको वार्ड खुलेको छैन लक डाउन नहुदा बाहिरबाट आएका व्यक्तिहरु बजारमा किनमेलमा बढी सक्रिय भएका कारण  व्यापारी र कर्मचारीमा संक्रमण बढेको बताउँदै उपाध्यायले भने  ‘व्यापारी र कर्मचारीबाट नै अरुमा बढी संक्रमण फैलिएको छ ।’ बजार र  संघसँस्थाका कार्यालयहरु बढी रहेका, आवास क्षेत्र बाक्लो भएका वार्डहरुमा कोरोना संक्रमण बढी देखिएको छ ।  लक डाउन नहुदा बाहिरबाट आएका व्यक्तिहरु बजारमा किनमेलमा बढी सक्रिय भए । त्यसैले व्यापारी, कर्मचारीबाट बढी संक्रमण बढेको छ ।  बढी आवतजावत हुने ठाउँमा बढी संक्रमण छ ।यी वार्डहरुमा बाक्लो बस्ती हुनाले र बिबाह लगायतका सामाजिक काम बढी भएकाले पनि संक्रमण बढी फैलिएको उपाध्यायको ठम्याइ छ ।
काठमाडौं, वैशाख २९ । नयाँ भेरियन्टको कोरोनाभाइरस (कोभिड–१९) महामारीको गम्भीर चपेटामा परेको बेला अवरुद्ध...
vaccine_false_n2PpvYMnwG.2021-04-13-09-24-02
काठमाडौं २९ बैशाख/ जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने...
प्रबीन बौखही रातोडीन रंङ्गीबिरगी  सपना डेखैलो महिन।  मुस्कि मार-मारके डीवाना बनैलो महिन।गुल्यार-२ पुट्ठा लोभ...
हसुलिया, २८ बैशाख । आज मंगलबार मातातीर्थ औँसी श्रद्धा, भक्तिसाथ मनाइँदैछ । छोराछोरीले बिहानै...